Class 3 Science: Unit 1 - Living Beings and Non-living Things [Page 4: पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य]

Subject: Science, Health and Physical Education
Subject Teacher: Bikas Gurung (9817106847)

Page 4
1. Living beings move (सजिव प्राणीहरु हिडडुल गर्न सक्छन् ।)
Living beings move in different ways. Animals move place to place for food, shelter and reproduction. They from also move for their safety. They use different organs to move.
(सजिव प्राणीहरु बिभिन्न तरिकाबाट यताउता हिडडुल गर्छन् । जनावरहरू खाना, बस्न र प्रजनन (सन्तान उत्पादन) को लागि विभिन्न ठाउँमा जान्छन् । तिनीहरू आफ्नो सुरक्षा वा दुस्मनहरुबाट बच्नको लागी पनि एक ठाउँबाट अर्को ठाउँमा जाने गर्छन् । तिनीहरू हिडडुलको लागि विभिन्न अंगहरू प्रयोग गर्छन् ।)

Most animals have legs to move. Birds have wings to fly and legs to walk. Snakes crawl on the ground with their scales. Insects use wings to fly. Water animals like fish use their fins to swim in water.
(धेरैजसो जनावरहरूको हिडडुल गर्न खुट्टा हुन्छन् । चराहरूको उड्नका लागि पखेटा र हिंड्नको लागि खुट्टाहरू हुन्छ । सर्पहरू आफ्नो स्केलको सहयोगले जमीनमा घस्रिएर हिड्छन् । कीराहरूले उड्न पखेटा प्रयोग गर्दछ । माछा जस्तो जनावरहरु पानीमा पौडीन आफ्नो फिन्सहरुको प्रयोग गर्छन् ।)

Plants do not move from one place to another unlike animals. They move by turning their parts like leaves, flowers and roots towards light. For example, the sunflower turns towards the sun.
(बोटबिरुवाहरू एक ठाउँबाट अर्को ठाउँमा पशुपंक्षिहरू जस्तो हिडडुल गर्दैनन् । तिनीहरू पात, फूल र जरा जस्ता भागहरु प्रकाश भएको भागतिर फर्काएर आफ्नो चाल देखाउँछन् । उदाहरणको लागि सूर्यमुखी फूल सूर्यतिर फर्कन्छ ।)

2. Living beings need food (सजिव प्राणीहरुलाई खाना चाहिन्छ ।)
All living beings need food to live. They get energy from food. Energy helps them to grow and move. It also keeps the body fit and healthy. They eat other organisms for their food. Plants make their food themselves. Plants use air, water and sunlight for making food. The process of making food by plants is called photosynthesis (फोटोसेन्थेसिस).
(सबै सजिव प्राणीहरू बाँच्नको लागि खाना चाहिन्छ । तिनीहरू खानाबाट शक्ति पाउँछन् । शक्तिले उनीहरूलाई बढ्न र हिडडुल गर्न मद्दत गर्दछ । यसले शरीरलाई स्वस्थ र तन्तुरुस्त पनि राख्दछ । तिनीहरूले आफ्नो खानाको लागि अरु जनवार र घाँसपात र अन्नहरु प्रयोग गर्छन् । बिरुवाहरु आफैले खाना बनाउँछन् । बोटबिरुवाले खाना बनाउन हावा, पानी र सूर्यको किरण प्रयोग गर्दछ । बोटबिरुवाले खाना बनाउने प्रक्रियालाई प्रकाश संश्लेषण (फोटोसेन्थेसिस) भनिन्छ ।)

(अभिभावकहरुलाई निर्देशन: आफ्ना छोराछोरीहरुलाई माथी लेखिएका सबै चिजहरु नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढ्न लगाउनुहोस् । आवश्यकता अनुसार शब्द उच्चरण र अर्थ बुझ्न सहयोग गरिदिनुहोस् । साथै, पढिसकेपछि पाठलाई राम्रो किताबमा दिइएको पेज नं ४ को सफा अक्षरमा चित्र सहित कापिमा लेख्न लगाउनुहोस् । यदि केही समस्या परेमा मलाई फेसबुकबाट वा फोनबाट सम्पर्क गर्नुहोला ।)

Comments