Class 3 Science: Unit 1 - Living Beings and Non-living Things [Page 2: पढ्नको लागि पाठ, नेपालीमा उल्था र गृहकार्य]
Subject: Science, Health and Physical Education
Subject Teacher: Bikas Gurung (9817106847)
Page No. 2
Words to know (जान्नुपर्ने शब्दहहरु)
nature (नेचर), escape (स्केप), feelers (फिलर्स), crawl (क्रवल), reproduction (रिप्रडक्सन), respond (रेस्पोन्ड), pores (पोर्स), stomata (स्टोमेटा), gills (गिल्स), stem (स्टिम), air-tubes (एयर ट्युब्स), differ (डिफर)
We can see many things around us. They differ in their shapes and sizes. We can divide all such things into two groups broadly. Some of them are man-made things and others are natural things.
(हामी हाम्रो वरिपरि धेरै चीजहरू देख्न सक्छौं । तिनीहरू आफ्नो आकार र प्रकारमा फरक छन् । हामी यी सबै चीजहरूलाई दुई समूहमा मोटामोटी रूपमा विभाजन गर्न सक्छौं । ती मध्ये केही मानव निर्मित (मानिसले बनाएका) चीजहरू हुन् र अरू प्राकृतिक चीजहरू (प्रकृतिमा आफै बनेका) हुन् ।
Man-made Things (मानिसले बनाएका बस्तुहरु)
The things which are made by humans are called man-made things. They are non-living things. Non-living things do not need food. Ink-pot, kettle, umbrella, camera, ball, clock, cooker, television and aeroplane are some examples of man-made things.
(मानिसले बनाएका चीजहरूलाई मानव निर्मित चीजहरू भनिन्छ । तिनीहरु निर्जिव बस्तुहरु (non-living things) हुन । निर्जीव चीजहरूलाई खाना चाहिदैन । मसीको-भाँडा, कित्ली, छाता, क्यामेरा, बल, घडी, कुकर, टेलिभिजन र हवाइजहाज मानव निर्मित चीजहरूको केही उदाहरण हुन् ।)
(अभिभावकहरुलाई निर्देशन: आफ्ना छोराछोरीहरुलाई माथी लेखिएका सबै चिजहरु नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढ्न लगाउनुहोस् । आवश्यकता अनुसार शब्द उच्चरण र अर्थ बुझ्न सहयोग गरिदिनुहोस् । साथै, पढिसकेपछि पाठको पेन नं. २ लाई राम्रो अक्षरमा चित्र सहित कपिमा सार्न लगाउनुहोस् ।)
Comments
Post a Comment